काठमाण्डौ असोज २३ – हिन्दु नेपालीहरुको महान पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिए सँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीत ‘आयो दशैं’ मा कृष्ण थापा र पुजा तामाङले स्वर दिएका छन् ।

मनोहर सुनामले संगीत भरेको गीतमा एरेन्ज पनि मनोहरले नै गरेका हुन् । गीतमा भोला पौडेलको शब्द रहेको छ ।  उक्त गतिको रेकर्डिङ तथा मिक्सिङ पनि भोलाकै रहेको छ । म्यूजिक खबर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा दशैंले ल्याउने रौनक र खुशीको वर्णन गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया