काठमाडौं असोज २५ : हाल अमेरिकामा रहेर नेपाली गीत संगीतको क्षेत्र स्तरउन्नतिको निमित्त अवारात्र खटिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीले भर्खरै मात्र एक गीतलाई पुनः नयन स्वरुपको साथमा बजारमा लिएर आएका छन् । उक्त गीत हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस..बोलको रहेको छ । गीतमा रचना रिमाल र प्रबिन बेडवालको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ । जादुमय स्वरकी धनी रचना (जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन् । रचना आहिलेकी चलेकी गायिका हुन् । उनले प्रबिन लाई साथ दिएकी छिन् ।
बिमल डाँगीको शब्द,सङ्गीत तथा बि.बी अनुरागीको सङ्गीत संयोजनमा तयार भएको ‘ हाम्रो माया चर्किएको …’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियो सार्बजनिक भए लगत्तै अशंख्य दर्शकहरुको नजरमा परिसकेको छ । सोहि कारण पनि गायक तथा संगीतकार बिमल डाँगीकै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको छ । उक्त गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको गीत उनको प्रितीले केही समय अघी निकै चर्चा कमाएको थियो ।
हाम्रो माया चर्किएको गीतलाई पछील्लो पुस्ताको आवाजमा रेकर्ड गरिएको हो । यो भन्दा पहिले यस गीतलाई चर्चित गायक कृष्णभक्त राई र चर्चित गायिका सपना श्री ले गाएका थिए । उदिराम खड्काको निर्देशन तथा मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा रचना र प्रबिन लाई देख्न सकिन्छ । भिडियो लाई शुक्रबार च्यानल बाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।