काठमाण्डौ असोज २७ – केहि कलाकारहरु आफ्नो सांगीतिक यात्राको क्रममा ब्य्यवसाहिकता तिर ढल्के पनि धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ जिर्मुराइ रहेका छन् । सोहि भिड मध्य हुन् एक कलाकार उमेश ठगुन्ना । उनले यस अघि पनि थुप्रै यस्ता गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने उमेशले नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै एक गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् । “देउसी भैलो” नाममा बजारमा आउने उक्त गीत खुमन र ऋतु ढकालको नाममा बजारमा आउने छ ।

गीतलाई उमेश ठगुन्नाले शब्द कोरेका हुन् भने लय तथा संगीत संयोजन पदम बि.सी को रहेको छ ।  “देउसी भैलो”  बोलको गीतमा खुमन र ऋतु ढकालको रहेको छ । मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतलाई मिक्सिंग संजय श्रीपालले गरेका छन् । अबको केहि दिनमा नै उक्त गीतलाई प्रसन्न म्युजिक प्रालिले बजारमा ल्याउने तयारी भैरहेको छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया