- रोशन पोखरेल

भरतपुर, २६ असोज
कालिका एफएम १९ औं वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गतेदेखि नियमित प्रशारणमा आएको कालिका एफएम स्वदेश तथा विदेशमा लोकप्रिय रेडियो स्टेशनका रुपमा चिनिएको छ । पूर्वमन्त्री तथा कालिका मिडिया ग्रुपका अध्यक्ष विक्रम पाण्डेले कालिका मिडियालाई १८ वर्षसम्म लगातार साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले कालिकाको अविराम यात्रालाई थप शसक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कालिका मिडिया अन्र्तगत सांगितिक रेडियो कालिका ९१ मेगाहर्ज २०६४ सालदेखि, कालिका एचडी टेलिभिजन २०७१ सालदेखि सञ्चालनमा छन् । शहर देखि गाउँसम्मका समस्या उजागर गर्दै सरोकारवालाको ध्यानाकर्षण गर्न कालिका मिडियाले विगतमा खेलेका भूमिका निरन्तर जारी रहने बताउनुभयो । कालिका एफएमको १८ औँ तथा कालिका एचडी टेलिभिजनको छैटौँ वार्षिकोत्सवका कार्यक्रम आज(सोमबार) देखि समापन भएका छन् । असोज ८ गतेदेखि वार्षिकोत्सवका कार्यक्रम सुरु भएका थिए ।
कोभिड–१९ को महामारीका कारण यो वर्ष वार्षिकोत्सवका अधिकाँस कार्यक्रम भर्चुअल रुपमा सञ्चालन भएका थिए । वार्षिकोत्सव समापनका कार्यक्रममा भर्चुअलरुपमा बोल्दै अतिथिहरुले विश्वसनीयताकै कारण कालिका मिडिया लोकप्रिय बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनताको असन्तुष्टीका स्वर उजागर गर्न कालिका मिडियाले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । कोभिडका कारण सञ्चार क्षेत्र संकटमा रहेपनि कालिका मिडियाले समाजप्रतिको दायीत्व नभुलेको बताउनुभयो । बरिष्ठ चलचित्रकर्मी नीर शाहले कालिका मिडिया अब्बल सञ्चारगृहका रुपमा चिनिएको बताउनुभयो । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कालिका मिडियाले वेथितिलाई खबरदारी गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
बरिष्ठ संगितकार दीपक जंगमले कालिकाले गीतसंगीतकको क्षेत्रलाई अतुलनीय सेवा गरेको बताउनुभयो । बरिष्ठ गीतकार दिनेश अधिकारीले म्यूजिक अवार्डका श्रृङखलाले उर्जा थपेको बताउनुभयो । उहाँले स्रष्टा र कलाकार सदैव कालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । बरिष्ठ गीतकार राजेन्द्र थापाले कालिकाको अवार्डलाई विश्वसनीय अवार्डका रुपमा लिने गरिएको बताउनुभयो । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले चितवनबाट गुञ्जिएको कालिका एफएम र टिभिले समग्र चितवनलाई चिनाउने भूमिका खेलेको बताउनुभयो । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कालिका मिडिया गौरवको सञ्चारगृहका रुपमा परिचित रहेको बताउनुभयो । शसस्त्रप्रहरी बल आँपटारीका प्रमुख दीपकबहादुर थापा, ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेशका प्रमुख शान्तीराज कोइरालाले कालिका मिडियाको विश्वसनीयता आगामी दिनमा समेत निरन्तर रहने बताउनुभयो । कालिका मिडियाका निर्देशक दिपक पौडेलले कालिका मिडिया सदैव जनता र समाजप्रति प्रतिवद्ध रहदै आएको बताउनुभयो ।
कालिका मिडियाको वार्षिकोत्सवका कार्यक्रम असोज ८ गतेदेखि सुरु भएका थिए । शिक्षा, स्वास्थ्य, कृषि र सुरक्षा लगायतका विषयमा भर्चुअल रुपमा अन्र्तक्रिया गरिएको थियो । अपाङगता भएका व्यक्तिबीच वादविवाद, विद्यार्थीबीच वक्तृत्वकला, गायन क्षेत्रमा रुचि राख्नेबीच लोकगीत गायन प्रतियोगिता गरेर प्रतिभा उजागर गर्ने कार्यक्रमहरु सञ्चालन भएका थिए । यस्तै असोज ८ देखि २५ गतेसम्म कालिकाको चौतारीमा गायक–गायीकासँगको अन्तरंग कुराकानी गरिएको थियो ।
mmmmmmmmmmmmm

तपाईको प्रतिक्रिया