पहिलो चरणको लकडाउन सकिएपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यसले, चलचित्रको काम रोकिएपनि कलाकारहरु खाली बस्नु परेको छैन । म्यूजिक भिडियो खेल्न चाहने हरेक कलाकार व्यस्त छन् । नायिका वर्षा राउतको व्यस्तता पनि म्यूजिक भिडियोमा खुबै छ ।

म्यूजिक भिडियोमा अभिनयसँगै आफ्नो शरीर मेन्टेन गर्न जीम धाइरहेकी वर्षा लकडाउनको समयमा एउटा विवादमा तानिइन् । उनले, राष्ट्रियताको बिषयमा दिएको एउटा बयानले विवादको रुप लियो । उनको सयौ ट्रोल बन्यो । जसको असर अहिले पनि उनलाई परिरहेको छ ।

लकडाउन खुलेसँगै चलचित्र निर्माणको घोषणा भैरहेका छन् । चलचित्र निर्माणमा कमी आउने छनक देखिएको छैन । कलाकारहरुको भनाइलाई नै आधार मान्ने हो भने, उनीहरुलाई अफरको कमी छैन ।

केही कलाकारले त लकडाउनपछि चलचित्र साइन पनि गरे । स्वस्तिमा खड्का, पल शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ लगायतका कलाकारले चलचित्र साइन गरिसकेका छन् ।

तर, नायिका वर्षा राउतलाई भने चलचित्रबाट अफर आएन । उनको चलचित्र ‘२ नम्बरी’को छायांकन लकडाउनका कारण रोकिएको थियो । यस्तै, चलचित्र ‘के घर के डेरा’को घोषणा भएपनि छायांकन सुरु हुन सकेन ।

यी दुई चलचित्रको काम सकेपछि मात्र नयाँ चलचित्रमा काम गर्ने सोच वर्षाको छ । तर, वर्षालाई नयाँ चलचित्रको अफर नआउनुको कारण उनको विवादस्पद बयानलाई मानिएको छ । तर, वर्षालाई पनि विवादले चलचित्रको अफर नआएको हो भन्ने लाग्दैन ।

तपाईको प्रतिक्रिया