काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गइरहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको दोश्रो गीत ‘औँठी सुनैको’ सार्वजनिक भएको छ ।

शिव हमालको शब्द सृर्जनामा गायिका राधिका हमालको लय रचनामा रहेको गीतमा पछिल्लो समय निकै रुचाइएको चर्चित लोकप्रिय गायिका कमला घिमिरे र लोकप्रिय गायक अमृत सापकोटाको आवाज रहेको छ । उक्त गीत विशाल इन्टरटेन्मेन्टको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा मोडेलहरु धुर्व हिमाली, अमृत सापकोटा, लोमश शर्मा, प्रेम खड्का, अर्जुन गौतम, कमला घिमिरे, रिना थापा, टिका सानु, टिका जौशी, संचिता शाहि, आयुष्मा कार्कि, सरस्वति फुयाल, कमल सर्गम, पुजा शिलवाल, सरु पाण्डे, विशाल योगि, कल्यान घिमिरे, अपेक्षा पौडेल, प्रिया खनाल लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियाको कोरियोग्राफि रवि डि विष्टले गरेका हुन् ।

तपाईको प्रतिक्रिया