मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कने छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेश यात्रा सम्भावना छ । नयाँ उद्योग धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइ लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यवसायमा केही उतार चढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइ रहनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मान सम्मान पाइनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्य बलवान रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसाय मूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषि तर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् ।

तपाईको प्रतिक्रिया