कैलालीको धनगढि स्थित अस्थायी प्रहरी चौकी जुगेडाका असई गोविन्द विकको हत्या आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

मोहना नदि आसपास र त्यस क्षेत्रमा सामान तस्करीमा संलग्न व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

MBL New 2 Moths
सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले घटनाको सुक्षम अनुसन्धान थालिएको वताए । धारिलो हतियार प्रहार गरेर विकको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

विकसँगै शनिवार राती करिव १० वजे बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चढेर गस्तिमा निस्किएका प्रहरी रामबहादुर साउद अझै वेपत्ता छन् । उनको पनि हत्या भएको आशंकामा प्रहरीले नदीमा खोजी केन्द्रित गरेको छ । सशस्त्र प्रहरी बलका गोताखोर नदिमा परिचालित भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया