काठमाण्डौ असोज ०३ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहँदा अहिले उक्त चाड संग सम्बन्धित गीतहरु प्रस्ट बजारमा आइरहेका छन् । सोहि क्रममा गायक तथा सर्जक गणेश गुरुङ्गले पनि आफ्नो प्रस्तुति बजारमा ल्याउन भ्याएका छन् । “दशैं आउँदा आँशु बरर” नाममा बजारमा आएको यस गीतमा बाध्यात र बिवस्ताको कारण परदेशिनु परेका अशंख्य नेपालीहरुको यथार्थ भावलाई समाबेस गरिको छ ।

गीतमा स्मृति शाही, भुवन थापा मगर र बिष्णु माया गुरुङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बिराज थापा मगरले तयार पारेका हुन् भने शब्द उनै लोकप्रिय गायक तथा सर्जक खेम दर्लामी मगरले तयार पारेका हुन् ।

प्रस्तुत गीतको म्युजीक भिडियोमा सारिका के.सी. गणेश गुरुङ्ग “संसार” र निश्मा अधिकारीको अभिनय रहेको छ । “दशैं आउँदा आँशु बरर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन शिब पौडेलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया