काठमाडौँ असोज ०३ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको “बुट्टे चोली” बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा राम शोभा राईको उत्कृष्ट शब्द रहेको गीतमा सुमन राईको संगीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् ।भिडियोमा अनुशा राई र चर्चित डान्स ग्रुप “भिमफेदी गाईज”को धमाकेदार अभिनय रहेको छ । भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् भने कोरियोग्राफी “भिमफेदी गाईजको रहेको छ । भिडियोको सम्पादन पवन सुस्लिङले  हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया