कलाकार ओम पुरी अविनाशको भूमिकामा हुन्छन्, ‘पार्टी’ नामक चलचित्रमा। त्यहाँ उनी भन्छन्, ‘‘मेरो विचारमा कुनै पनि सिर्जना चाहे त्यो कविता, उपन्यास वा सिनेमा नै किन नहोस्- जनतासँगको संवाद हो त्यो, सामाजिक र राजनीतिक हतियार हो।’’ वास्तविक जीवनमा पनि ओम पुरीले यही संवादको अन्तर्यलाई सकेसम्म आत्मसात गरिरहे।

उनका निम्ति सिनेमा किसान, मजदुर, पसलेको जीवनलाई छुने र धनी मानिसको आत्मनिरीक्षण गर्ने एक माध्यम रह्यो। चार दशकभन्दा लामो फिल्मी करिअरमा उनले निर्वाह गरेको पात्रको भूमिकाबाटै यी कुरा परिलक्षित हुन्छन्। उनी प्रायः समाजका यस्ता पात्रलाई आवाज दिन्छन्, जसमाथि कसैको ध्यान गएको हुँदैन, जो किनारामा फालिएका हुन्छन्। चाहे त्यो रिक्सा चालक होस् या कपडा बुन्ने मानिस।

पुरीले ३०० भन्दा बढी सिनेमामा अभिनय गरे। कयौं पात्रलाई जीवन्त बनाए। कमेडी, ड्रामा, कमर्सियल, प्यारालल सिनेमा- उनी हरेक क्षेत्रमा थिए। उनको गहिरो आवाज र विविध प्रस्तुतीले उनलाई हिन्दी सिनेमाका दर्शकमाझ अविस्मरणीय बनायो।

यदि उनी जीवित थिए भने आज अर्थात् अक्टोबर १८ मा ६९ वर्षका हुने थिए। अम्बालामा १९५० मा आजकै दिन जन्मिएका उनको बाल्यकाल असहज थियो। जब उनका बाबु चोरीको आरोपमा पक्राउ परे, तब पूरै परिवारको चरम दुःखको दिन सुरू भयो।

‘‘एक पटक मैले नाटक प्रतिष्पर्धामा भाग लिएको थिएँ र पहिलो पुरस्कार जितेको थिएँ, नेसनल युथ फेस्टिभलमा। मूल्यांकनकर्ता मध्येका एक जना चर्चित नाटककार हरपाल टिवाणा थिए, उनी पञ्जाव कलामञ्चका प्रतिनिधि थिए। मैले उनलाई दिनभर काम गरेर १२५ रूपैयाँ कमाइरहेको बताएँ। उनले मलाई १५० दिने बताए। त्यसपछि म उनीसँग काम गर्न थालेँ। तर केही समयपछि त्यो काम छाडेँ र नाटकतिर लागेँ। नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा जोडिन पुगेँ।’’

‘‘मलाई आमाले चिया पसलमा काम गर्न पठाउनुभयो, त्यहाँ कम्तीमा एक छाक खाना मिल्छ भनेर। मैले ढाबामा भाँडा पनि माझेँ,’’ एक अन्तर्वार्तामा पुरीले भनेका थिए। कहिलेकाहीँ त उनी र उनका भाइ मिलेर रेलको लिक छेउबाट कोइला जम्मा गर्ने काम पनि गरे।

जसोतसो विद्यालय शिक्षा पूरा गरेपछि उनले सन्ध्याकालीन कलेज पढ्न थाले। र, अलिअलि पैसा कमाउन ल्याब असिस्टेन्टका रूपमा काम पनि गर्न थाले।

‘‘एक पटक मैले नाटक प्रतिष्पर्धामा भाग लिएको थिएँ र पहिलो पुरस्कार जितेको थिएँ, नेसनल युथ फेस्टिभलमा। मूल्यांकनकर्ता मध्येका एक जना चर्चित नाटककार हरपाल टिवाणा थिए, उनी पञ्जाव कलामञ्चका प्रतिनिधि थिए। मैले उनलाई दिनभर काम गरेर १२५ रूपैयाँ कमाइरहेको बताएँ। उनले मलाई १५० दिने बताए। त्यसपछि म उनीसँग काम गर्न थालेँ। तर केही समयपछि त्यो काम छाडेँ र नाटकतिर लागेँ। नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा जोडिन पुगेँ,’’ पुरीले राज्यसभा टीभीमा इरफान खानसँगको कुराकानीमा भनेका थिए।

भद्दा र ठूलो नाक, मुखभरि दागैदाग अनि धोद्रो पसेको पञ्जाबी आवाज, कलाकार बन्न सहज थिएन। उनी आफ्ना एनएसडीका दिनहरू सम्झँदै भन्छन्, ‘‘म पञ्जाबी माध्यममा पढेको मानिस, कसरी अंग्रेजी बोल्ने भन्ने थाहा थिएन। एनएसडीमा म तर्सिरहेको थिएँ र त्यहाँबाट भाग्न चाहन्थेँ। मेरा गुरू इब्राहिम अल्काजीले यी सबै हेरिरहेका थिए। उनले मसँग भने- अंग्रेजी कुनै गाह्रो भाषा होइन, यो सिक्न सकिन्छ। उनले मलाई हौसला दिए र नबुझेको कुरा आफूसँग सोध्न भने,’’ त्यसपछि पुरी त्यहाँबाट भागेनन्।

‘’आरोहण नामको सिनेमा ठूलो पर्दाको चलचित्रमा उनलाई पहिलो पटक मुख्य भूमिका दिइएको थियो। त्यसको सुटिङ कलकत्ता र त्यहाँका सुदूर गाउँमा थियो। सिनेमामा केन्द्रीय भूमिका निर्वाह गर्ने क्रममा उनले यसरी आफूलाई प्रस्तुत गरे कि, राष्ट्रिय पुरस्कार नै जिते।’’

एनएसडीपश्चात् उनले १९७० माफिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अडिसन दिए। पुरीकी पत्नी तथा उनको आत्मकथा ‘अनलाइक्ली हिरो’की लेखिका नन्दिता पुरी लेख्छिन्, ‘‘ओमको अनुहार न त हिरो बन्नेखालको न त भिलेन वा कमेडियन नै बन्ने खालको थियो।’’

पुरीलाई के थाहा थियो भने, कमर्सियल सिनेमामा नाम बनाउनु वा कमाउनु निकै गाह्रो काम हो। ‘‘म श्याम बेनेगलबाहेक अरू डाइरेक्टर वा निर्मातालाई भेट्न गइनँ,’’ राज्यसभा टीभीमा उनले भनेका थिए।

प्रतिभाशाली चलचित्र निर्माताहरूले पुरीमा विविध खालको क्षमता भएको देखे। एक निर्माता सम्झन्छन्, ‘‘आरोहण नामको सिनेमा ठूलो पर्दाको चलचित्रमा उनलाई पहिलो पटक मुख्य भूमिका दिइएको थियो। त्यसको सुटिङ कलकत्ता र त्यहाँका सुदूर गाउँमा थियो। सिनेमामा केन्द्रीय भूमिका निर्वाह गर्ने क्रममा उनले यसरी आफूलाई प्रस्तुत गरे कि, राष्ट्रिय पुरस्कार नै जिते।’’

(दि प्रिन्टबाट अनुदित तथा सम्पादित)

तपाईको प्रतिक्रिया