काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिका रुपमा “पानि घट्ट” बोलको गीत सार्वजनिक गरेका छन् । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएका उनको प्राय वियोगान्त गीत सुन्न सकिन्थ्यो । तर अहिले बद्रीले रोमान्चक सैलिमा यस गीतलाई तयार पारेर सार्वजनिक गरेका हुन् । उनको दोहोरी कि रानी, रातमा पनि हेर्छ्याउ कि ऐना लगायत पनि रोमान्चक सैलिका गीत बजारमा छन् ।

सुफिक्स मदनको संगीत संयोजन रहेको प्रस्तुत गीतलाई लय बद्रि प्रसाद सिटौलाको भरेका छन् भने शब्द पशुपति पाण्डेले तयार परेका छन् गीतमा स्वर बद्रि प्रसाद सिटौला, प्रतिमा अर्याल र पशुपति पाण्डेको सुन्न सकिन्छ ।

बद्रि लोकमाला युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा श्रीजन पण्डित र रिया पन्ताको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश कार्की युके ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया