पोखरा । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना भाइरस संक्रमण भएको छ । श्रीमती भगवती न्यौपाने र आफुलाई कोरोना संक्रमणको पुष्टि भएको गायक न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् ।

उनले आफन्तलाई कोरोना पुष्टि भएपछि आफू केही समयदेखि होम आइसोलेसनमा नै रहेको र आइतबार आफू सहित श्रीमतीलाई समेत कोरोनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।

आफू र श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा रहेकालाई सर्तक रहन समेत आग्रह गरेका छन् ।त्यस्तै उनले शंका लगेकाहरुलाई रोग नलुकाएर होम आइसोलेसनमा बस्न, आफू र आफ्नो परिवार तथा समाजलाई बचाउन समेत उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया