काठमान्डौ कार्तिक ०३ – कुनै पनि क्षेत्रमा आफु सन्तुष्ट भइन्छ भने आफ्ना लालाबाला लाई पनि उक्त क्षत्र प्रति आकर्षित बनाउने हरेक अविभावकको चाहना हुने गर्दछ । यसै कारणले पनि सिन्धुपाल्चोक जिल्लामा जन्मिएर हाल काठमाण्डौमा रहँदै कलाकारिता यात्रा अगाडी बढाई रहेका गायक तथा सर्जक अमृत आचार्य “माइला गुरु” ले पनि आफ्नो छोरी अस्मिता आचार्यलाई यसै क्षेत्रमा स्थापित गर्नका निमित्त सुरु गरिसकेका छन् ।

अमृतको अनुसार आफु यस क्षेत्रबाट अति सन्तुष्ट भएको र आफ्नो परिवारको सदस्यले पनि कलाकारिता क्षेत्रलाई अंगालेर अगाडी बढेको देख्ने चाहना अनुरुप छोरीलाई नेपाली लोक तथा दोहोरी गीत संगीतको म्युजिक भिडियोमा उतारेको बताएका छन् ।

मोडल अस्मिता द्वारा अभिनित गीत “रुपै रैछ मोहनी लाउनी” बोलको रहेको छ । उनले यो भन्दा पहिला पनि “मोज गर्ने त बिहे गर्नु पहिले हो” बोलको गीतमा आकर्षक नृत्य सहितको अभिनय प्रस्तुत गरिसकेकी छिन् । यस गीतको म्युजिक भिडियोमा अस्मिता आचार्य संगै लोमस शर्माको पनि आकर्षक अभिनय देख्न सकिन्छ ।

यस पटकको गीतमा दिनेश श्रेष्ठ, रामेश्वर भण्डारी, प्रतिमा अर्याल, अर्जुन भुसाल, भगवान कार्की र रुश्मा सापकोटाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय दिनेश श्रेष्ठ र रामेश्वर भण्डारीले तयार गरेका हुन् भने शब्द रुश्मा सापकोटाको रहेको छ । हामि नव मोडल अस्मिताको सफल कलाकारिता यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया