केही न केही मात्रामा भए पनि चिरिच्याट्ट बन्नु हरेक मानिसको चाहना हुन्छ । तर, यो चाहना कसरी पूरा गर्ने भन्नेबारे धेरैमा अन्योल हुन्छ । यो अन्योल पूरा गर्न यहाँ केही उपाय उल्लेख गरिएको छ –

१. कुनै पनि सामग्री विशेष अवसरमा मात्र नकिन्नु

हामीमध्ये धेरै मानिसले विवाह, कुनै चाडपर्व, जमघट लगायतको अवसरको लागि मात्र केही नयाँ कपडा वा आवश्यक कुरा खरीद गर्छौं । तर, अन्य अवस्थामा भने हामी यतातर्फ धेरै ध्यान दिँदैनौं ।

तर, अन्य अवस्थामा पनि आफ्नो लागि आवश्यक सामग्री खरीद गर्नुले तपाईंलाई पृथक देखाउँछ । साथ बजारमा चलेको कुराको पछि लाग्नुभन्दा पनि कुनै साधारण र स्तरीय कुरामा ध्यान दिनु राम्रो हुन्छ, जसलाई तपाईंले पटकपटक प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंलाई सधैं एउटै लुगा लगाएको जस्तो महसुस पनि हुँदैन ।

२. आफूलाई फिट हुने कुरा नकिन्नु

आफूलाई फिट नहुने कपडा वा अन्य सामग्री थुपारेर राख्ने बानी हटाउनु हुँदैन । कुनै दिन आफूलाई फिट हुन्छ भनेर राख्नु राम्रो बानी होइन । त्यसैले आफूलाई फिट नहुने कपडा कसैलाई दिने वा अर्को कुनै हिसाबले प्रयोग गर्नु राम्रो हुन्छ ।

३. नसुहाउने कुरामा ध्यान नदिनु

कहिलेकाँही कुनै पनि कुरा आफूलाई फिट पनि हुन्छ तर आफूलाई उक्त कपडा वा कुरामा असहज महसुस हुन्छ र खासै खुल्न सकिँदैन भने त्यस्ता कुराहरुलाई जोगाएर राख्नु हुँदैन ।

४. पैसा बचाउन मात्र सामान नकिन्नु

ठूलो छुटमा केही सामान पाइयो भने हामी मख्ख परेर किन्छौं । तर, यस्तोमा हामी वास्तवमा नै त्यो सामान आफूलाई आवश्यक हो वा होइन भन्ने कुरा सोच्दैनौं । यसरी किनेको कपडा वा अरु कुनै सामग्री तपाईंले खासै प्रयोग पनि गर्नुहुन्न । यो केवल तपाईंको पैसाको खर्च मात्र हुन्छ ।

५. एउटा किन्दा अर्कोलाई हटाउनु

धेरै मानिसहरु आफूलाई मन परेको सामग्री वा कपडा किनेपछि पनि पुरानोलाई पनि जोगाइराख्छन् तर त्यसको प्रयोग भने गर्दैनन् । यसले बेकारमा तपाईंको ठाउँमात्र साँघुरो बनाइरहेका हुन्छन् । त्यसैले नयाँ सामग्री किनेपछि पुरानो कपडा आवश्यक पर्ने मानिस तथा संस्थालाई दिनु राम्रो हुन्छ ।

६. स्टाइलिश साथीसँग साटासाट गर्नु

कहिलेकाहीँ एकपटक प्रयोग गरिसकेको कपडा वा सामग्री आफूलाई लगाउन वा प्रयोग गर्न मन लाग्दैन । तर, नयाँ खरिद गर्दा पनि पुरानोलाई के गर्ने भन्ने चिन्ता हुन्छ । यस्तोमा तपाईंको स्टाइलिश साथीसँग उसको सामग्रीसँग साट्नुहोस् । यसले दुवैको समस्या एकैपटक समाधान हुन्छ ।

७. नयाँ केही गर्ने प्रयास

सधैं एकै प्रकारको कपडा लगाउने शैलीको कारण तपाईंको स्टाइल एउटै देखिन्छ । तर, जब तपाईं आफ्नो शैलीमा केही फरक गर्नुहुन्छ । तपाईंलाई पनि नयाँपनको महसुस हुन्छ ।

८. कठिन निर्णय गर्नु

धेरै मानिसहरु आफूले लगाउँदै गरेको कपडा सकेसम्म त्याग्न चाहँदैनन् । तर, उनीहरुले यस्तो कपडा लामो समयदेखि लगाएको पनि हुँदैनन् । त्यसैले आफूले धेरै प्रयोग नगर्ने कपडालाई बचाएर राख्नुको कुनै अर्थ हुँदैन । त्यसैले ६ महिनाको समयसीमा राख्नुहोस् र यो समयमा प्रयोग नगर्ने कपडा तथा सामग्रीलाई छाडिदिनुहोस् ।

९. एकै किसिमको पोशाक छनोट गर्नु

धेरै मानिसमा फरक फरक किसिमको कपडा लगाउनाले स्टाइलिश बन्न सकिन्छ भन्ने धारणा छ । तर, वास्तवमा तपाईंलाई सबैभन्दा सुहाउने र मनपर्ने कपडा छनोट गर्नुहोस् र सधैं त्यस्तै किसिमको कपडा रोज्नुहोस् । यसले तपाईंलाई झन् आकर्षक बनाउँछ । विश्वका सबैभन्दा स्टाइलिश मानिसहरु पनि सधैं एकै किसिमको कपडा लगाउँछन्, यसरी उनीहरुले आफूले लगाउने कपडालाई नै एक पोशाक बनाउँछन् ।

१०. आफूसँग भइसकेको कुरामा नै लगानी गर्नु

मानिसहरु आफूले प्रयोग गर्दै आएको सामग्री वा कपडामा अलिकति मात्र केही भयो भने त्यसलाई लगाउँदैनन् । तर, तपाईंको नजिकैको मर्मत गर्ने स्थानमा गएर यसलाई मर्मत गराएर फेरि प्रयोग गर्न सकिन्छ । किनकी तपाईंले नयाँ किन्ने सामग्री पहिलाको जस्तो राम्रो नलाग्न पनि सक्छ ।

तपाईको प्रतिक्रिया