अभिनेत्री आँचल शर्माले बिहेपछिको पहिलो दशैं चितवन र काठमाण्डौमा सेलिव्रेशन गरेकी छिन् । डाक्टर उदिप श्रेष्ठको साथमा दशैं मनाउन चितवन आएकी आँचल टिका लगाएपछि काठमाण्डौ फर्किएकी थिइन् । दशैंको टिका लगाएपछि आर्शिवाद दिनेहरुले आँचललाई मायालु बन्न, धेरै माया गर्न भनेका थिए ।

आँचललाई आर्शिवादका क्रममा कसैले पनि बच्चाको कुरा भने गरेनन् । आँचल ५ बर्ष आफू आमा बन्ने सोचमा नरहेको बताउँछिन् । यसैले पनि उनलाई आर्शिवाद दिनेहरुले यो कुरा नगरेका हुन् । कोभिड १९ बाट निको भएपछि आँचल शर्मा र उदिप श्रेष्ठले खुशीका साथ दशैं मनाएका थिए ।

तपाईको प्रतिक्रिया