काठमाण्डौ कार्तिक १५ – गीत संगीतका पारखीहरुलाई लक्षित गर्दै “फेसबुकमा फोटो छ” बोलको म्युजिक भिडियो बजारमा सार्बजानिक भएको छ । लब्ली तुलसीको शब्द रहेको यो गितमा गायिका दिपा तामाङ र गायक तथा संङितकार प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्बेली जुनताराको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको यस गीतलाई एरेन्ज सुमन राईले गरेका हुन भने यो गितलाई एक्सन रेकर्डिङ स्टुडियोमा सुवास कुथुमी राईले रेकर्ड गरेका हुन ।

मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनी मार्फत भएको यो गितको म्युजिक भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।
ठेट पुर्वेली लोक भाकामा आधारित रहेको यो गित एउटा साँच्चो प्रेम कुनै बिबस्ता र बाध्यताले बिछोडिन्छ। त्यसपछि एक अर्कामा भएको माया र प्रेमको झझल्को एक अर्काको अभाब र न्याश्रो पन हरु लाई मेट्न फेसबुकमा आफ्नो अवस्था र गतिबिधिहरु थाहा पाउन अनि आफुलाई नियाल्न गितको माध्यम द्वरा एक अर्कालाई आग्रह गरेको बुझिन्छ ।

पुर्बेली माटोको सुमधुर भाका र उत्कृष्ट गायन कलाले निक्कै माथी उठेको यो गितमा भाबनात्मक पक्ष हरुलाई निक्कै बल्लियो गीति कलाको माध्यमद्वरा कलात्मक ढंङ्गले यो गितमा प्रस्तुत गरिएको छ । समग्रमा यो गितको सबै पक्ष राम्रै भएको हुनाले यो गितलाई पनि दर्शक र श्रोता हरुले मन पराई दिने कुरामा गित निर्माण पक्ष बिश्वस्त रहेको कुरा हाम्रो आवाज न्युज डटकम लाई बताए ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया