काठमाण्डौ कार्तिक २० – केहि समय अधि सम्म नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पाश्चातीय बर्चस्व बढ्यो भन्ने किसिमको आम जनमानस बाट गुनासो आइरहँदा अहिले काँठ क्षेत्रका कलाकारहरुको एकबद्धताले ति त्यस्ता गुनासोहरुमा न्यूनता आएको छ ।  यद्धपि क्षेणिक चर्चा परिचर्चाका निमित्त युट्युबमा विकृतिजन्य गीत अपलोड गर्नेको शंख्या भने घटेको छैन ।  यस्तो अवस्थामा युट्युब मात्र होइन गीत संगीतको बजार, संचार माध्यमबाट पनि बिस्तार गर्न सकिन्छ भन्ने सोचको साथमा आफ्नो सिर्जना संचार माध्यममा बजाउन लायकका गीतहर धेरै काँठ क्षेत्रका कलाकारहरुले पहिले तुलनामा अहिले उपलब्ध गराउने गरेका छन् ।

यस्तै काँठ क्षेत्रकै गीतको संगीतको स्तर वृद्धिका लागि बिगत लामो समय यता समर्पित सुनाखरी मल्टि मिडिया प्रा.लि ले पनि मौलिक गीत संगीतहरु प्रकाशनमा ल्याईरहेको छ । अहिले सुनाखरी मल्टि मिडिया प्रा.लि द्वारा बजारमा आएका गीतहरु धेरै संचार माध्यममा गुन्जिन थालेका छन् । त्योसो त लोकल संचार माध्यममा मात्र होइन डिजिटल संचार माध्यम पनि विकृतिजन्य गीत संगीतले धमिल्याउन हुन्न भन्ने मान्यको साथमा सुनाखरी मल्टि मिडिया प्रा.लि ले “काँठे गीतहरुको नै पेरिफेरिमा रहेर लाइभ दोहोरी “जम्काभेट” सुभारम्भ गरेको छ ।

प्रबन्ध निर्देशक माधब थापाका अनुसार नदेख्नेलाई देखाउन, नसुन्नेलाई सुनाउन, भन्ने मुलनाराका साथ् सुभारम्भ गरिएको यस प्रत्यक्ष दोहोरी कार्यक्रम “जम्काभेट” नारा अनुसार नै आगामी दिनमा यस क्षेत्रको सम्वृद्धिका निमित्त भूमिका निर्बाह गरिरहने बताएका छन् । “जम्काभेट” को पहिलो भाग गत सोमबार काठमान्डौको बौद्ध स्थित एक रमणीय स्थलमा छायांकन गरिएको थियो ।

नेपाली चाडपर्वको नाममा तयार हुने गीत संगीतले पछिल्लो समयमा निकै बिकृति छाईरहेको छ । यसैलाई मध्यनजर गर्दै सुनाखरी मल्टि मिडिया प्रा.लि ले सुभारम्भ गरेको प्रत्यक्ष दोहोरी कार्यक्रम “जम्काभेट” बाट पहिलो भाग स्वरूप नेपालीहरुको दोश्रो महान चाड तिहारको शुभकमाना सहित देउसी भैलो कार्यक्रम सार्बजनिक गरिसकेको छ । सार्बजनिक गरिएको प्रत्यक्ष देउसी भैलो कार्यक्रम तथा गीतबाट तिहारको यथार्थता झल्किने आयोजकको बिश्वास छ ।

सुनाखरी मल्टि मिडिया प्रा.लि ले नयाँ कलाकारलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्दै मौलिक गीत संगीतको जगेर्ना गर्दै फरक-फरक स्वादका प्रत्यक्ष दोहोरी प्रकासनमा ल्याउने बताइएको छ । अहिले सम्म उक्त प्रत्यक्ष दोहोरीको श्रिंगखला करिब ९ वटा छायांकन भैसकेका छन् । छायांकन भएको दोहोरीलाई क्रमस सार्बजनिक गर्दै जाने कुरा पनि जानकारी प्राप्त भएको छ । सुनाखरी मल्टि मिडिया प्रा.लि.ले छिट्टै नै लगभग एक सय १५ को हाराहारी कलाकारको स्वरमा रेकर्ड भएको तिन पुस्ते गीतलाई पनि सार्बजनिक गर्ने तयारी गरिरहेको छ ।

पहिलो भाग मौलिक देउसी भैलोको भिडियो हेर्न तल क्लिक गर्नु होला । 


 

तपाईको प्रतिक्रिया