काठमाडौँ,कार्तिक २७ । लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि समर्पित गोर्खाली युवा सर्जक ओम छिनाल्को शब्दमा पुनः अर्को गीत सार्बजनिक भएको छ । सर्जक छिनाल अहिले मलेसियामा रोजगारीको सिलसिलामा रहेका छन् । मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड भएको उक्त गीत “चरी बनैमा” नाममा सार्बजनिक भएको हो । लोकप्रिय गायक मौसम गुरुङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरले सजिएको गीतलाई लय पनि उनै गायक मौसम गुरुङ्गले नै भरेका हुन् ।

“चरी बनैमा” बोलको निकै कर्णप्रिय गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र संचिता शाहीको अभिनय देख्न सकिन्छ । गीतको अडियोमा जति मिठास्ता छ उत्तिकै भिडियोलाई पनि उत्कृष्ट बनाउने कोसिस गरिएको छ । शिब बि.क द्वारा निर्देशित भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वाधिकार मौसम गुरुङ्ग नामको युट्युब च्यानल संग सुरक्षित रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया