काठमाडौँ। धेरै चलचित्रमा दर्शकले मन पराएका जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। एसियन म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘यादका लहरहरु’मा अन्जु पन्तको स्वर, डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ। ‘यादका लहरहरुमा ’ उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठले सम्पादन र हरी हुमागाईंले निर्देशन रहेको छ । म्युजिक भिडियोमा देखिएका राजेश र करिश्मा जोडीलाई पनि दर्शकले राम्रा राम्रा कमेन्टहरु राखेर रुचाएको प्रतिक्रिया दिएका छन । गीतलाई यु ट्युब लगायत संसारभर ७० वटा भन्दा बढी डिजिटल प्लाटफर्म पनि हेर्न र सुन्न सकिने एसियन म्युजिकका एम डी ईश्वर गुरुङले जानकारी दिनु भयो ।

 

 

तपाईको प्रतिक्रिया