आज २०७७ कात्तिक ३० गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

शरीर आलश्य भएको महशुष हुनेछ । स्वास्थ्यमा गडबढ हुन सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव रहनेछ ।

बृष

कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।

मिथुन

आफन्तको प्रगतिमा मन रमाउनेछ । ब्यापार व्यवसाय राम्रो हुनेछ । स्वास्थ्य सुधार हुँदै जानेछ । जग्गा जमिन तथा अचल सम्पत्तीको योग छ । छिट्टै अरूको विश्वास गर्नाले धोका पाउने सम्भावना पनि रहेकाले सतर्क रहनुहोला ।

कर्कट

धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

सिंह

अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।

कन्या

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

तुला

आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला ।

बृश्चिक

कतै लामो दूरीको लाभदायी यात्रा सफल बन्नेछ । निर्णय गर्नुअघि अग्रजसको सल्लाह लिँदा उपयुक्त हुनेछ । पितासँगको सम्बन्ध सुमधुर बन्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला ।अनावश्यक विवाद पर्न सक्छ ।

धनु

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

मकर

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

कुम्भ

पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कशिलो हुनेछ।

मीन

स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ । आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग रहनेछ । रतिरागको योग देखिएकाले मन उत्ताउल हुन सक्छ । छिट्टै अरूको विश्वास गर्दा धोका पाउने सम्भावना छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला ।

तपाईको प्रतिक्रिया