काठमाडौं । अमेरिकाको न्युयोर्कबाट गायिका उर्मिला लाम्गादे र वरिष्ठ गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन्। रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।
गायक बरालसंग पहिलोपटक सहकार्य गरेकी गायिका लाम्गादेले यस गीत बाट आफु निकै आशावादी रहेकी बताएकी छिन् । १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले आगामी दिनहरुमा स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने बताएकी छिन्।

 

तपाईको प्रतिक्रिया