काठमाण्डौ कार्तिक ०३ – कलाकारहरुले कुनै पनि आफ्ना सांगीतिक प्रस्तुति सार्बजनिक गर्नु पूर्व कसरी हुन्छ, त्यो प्रस्तुतिलाई उत्कृष्टता दिने प्रयास गरेका हुन्छन् । किन कि पहिले जस्तो अहिले छैन । नेपाली गीत संगीतलाई श्रोता तथा दर्शकहरुले पनि बुझेर सुन्ने र हेर्ने भैसकेका छन् ।यसै कुरालाई ध्यानमा राखेर बल बहादुर थापाको नविनतम सांगीतिक प्रस्तुति “फुलको बासना” बोलको गीत भर्खरै सार्बजनिक भैसकेको छ । सार्बजनिक भएको गीत पछिल्लो समय बजारमा आएका गीतहरुलाई उछिन्ने प्रयासका साथ् सार्बजनिक गरिएको हो । यस गीत संग सम्बन्धित कलाकार युनिटले भनेका छन्, अरु सबै सुन्ने, हेर्ने श्रोता तथा दर्शकहरुको चाहनामा भर पर्ने कुरा हो ।

“फुलको बासना” बोलको गीतमा बलराम थापा र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बि.बि.सी लामा च्याँगबाले तयार पारेका हुन् भने शब्द रामचन्द्र घिमिरे र सागर दंगालले भरेका छन् । प्रस्तुत गीत अत्यन्त लोभ लाग्दो बनेको छ । गीतले सभा समारोह, मेला पर्ब सबै स्थान ओगट्ने विश्वास छ । एच.बि रसाइली द्वारा संगीत संयोजन भएको गीत डी.ए.आर मुभिज प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

यस गीतको म्युजिक भिडियोलाई सन्जिब ठकुरी र अन्जली अधिकारीको अभिनयले थप आकर्षक प्रदान गरेको छ । मोडल अन्जली अधिकारी प्राय पश्चिमी गीतहरुको म्युजिक भिडियोलाई देखिने गर्दथिन् , तर पछिल्लो समय काँठ क्षेत्रका गीतको म्युजिक भिडियोमा पनि जम्न थालेकी हुनाले कुनै पनि गीत भेगीय हिसाबले वर-पर कसैले नपारेको कुरा प्रष्ट हुन्छ । “फुलको बासना” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया