काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडयो सार्वजनिक भएको छ ।

गायक चुडामणि पौडेल र गायिका टिका प्रसाईको सुमधुर स्वरमा सजिएको ‘माया लाउँ कि नलाउँ भो’ बोलको गीत केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा चुडामणि पौडेलको शब्द, टिका भण्डारीले संगीत रोमी बस्नेतको संगीत संयोजन रहेको छ। भिडियोमा रमेश तिवारी र केकी अधिकारीको अभिनय रहेको छ ।

त्यस्तै भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेललाई पनि देख्न सकिन्छ । भिडियोमा उत्सव दहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ भने शंकर कोइराला र काजी लिम्बुको निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया