काठमाडौं । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाउँदै सांगीतिक कर्ममा लागि परेका बिमल डाँगी पछिल्लो समय भने अमेरिकामा बस्दै आएका छन् । पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमी बाट म टाढा हुँदै छु, हाम्रो माया चर्किएको ऐनासरी लगायतका दर्जनौं गीतहरुले स्रोताको मन जितिसकेका डाँगीले पछिल्लो समय भने ‘मेरो हजुर’ लिएर उपस्थित भएका छन् ।

बिमलको ‘मेरो हजुर’ बोलको गीतमा बिमल डाँगी र गायिका सरिता डाँगीको स्वर सुन्न सकिन्छ । गायक बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

तपाईको प्रतिक्रिया