गायिका सन्जु न्यौपानेको स्वरमा खरानी बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ । साथै भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । भिडियोमा मोडल लोमसलाई प्ले ब्वायको रुपमा देखाइएको छ । अर्थात उनी धेरै केटीको पछि लागेको र धोका दिदै हिडेको देखाइएको छ । अजय रेग्मीले खिचेको भिडियो उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन् । भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया