कार्तिक ०८ काठमाण्डौ । स्थायी घर दोलखा र हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यमबाट स्वदेशलाई बिस्वसामु परिचित गराउनका लागि जुर्मुराईरहेका गायक तथा सर्जक उद्धब घिमिरेको पछिल्लो प्रस्तुति “गलबन्दी र पछ्यौरी” बोलको गीत भर्खरै बजारमा आएको छ ।

उनले यस अघि पनि थुप्रै गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुलाई दिएर आफ्नो छुट्टै स्थान बनाईसकेका छन् । कुनै पनि गीतहरुबाट क्षणिक चर्चा भन्दा पनि मौलिकताको पेरिफेरीमा रहेर सदाबहार बन्नु पर्छ भन्ने मान्यता राख्ने उद्धबको स्वरले सजिएको यो गीत निकै समयको अन्तराल पछी बजारमा आएको हो । बिचका समयमा उनि द्वारा सृजित गीतहरु भने बजारमा आइरहेका थिए ।

प्रस्तुत गीतमा उद्धब घिमिरे र सबनम आचार्य फुँयालको सुमधुर स्वर सुन्न सकिन्छ । “गलबन्दी र पछ्यौरी” बोलको गीत उद्धब घिमिरे र रमेश श्रेष्ठको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको हो । गीतलाई लय गायक स्वयम् उद्धब घिमिरेको रहेको छ भने शब्द लोकप्रिय गायक सरोज लामिछानेको रहेको छ ।

पछिल्लो समय गीतको मिठासता संगै म्युजिक भिडियोको पनि श्रोता तथा दर्शकहरुको तर्फबाट उत्कृष्टता खोजिरहेका हुन्छन् । त्यसैलाई ध्यानमा राख्दै उद्धबले म्युजिक भिडियो पनि निकै आकर्षक बनाउने प्रयास गरेका छन् । भिडियोमा लोमस शर्मा रा आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा” ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया