काठमाण्डौं । गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यस गीतमा राम कृष्ण महराको शब्द रहेको छ। मन कुमार ( शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।
म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन उत्पादक साहले सम्पुर्ण संगीतप्रेमीहरुलाई आग्रह गरेका छन साथै आगामी दिनहरुमा स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने साहले बताएका छन्।

 

तपाईको प्रतिक्रिया