गायक शिवराज जङ्गकोको हृदयस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । गायक जङ्गकैै रचना तथा संगीत गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर गीतको भिडियो तयार पारिएको छ । भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ । गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया