✍काठमाडौँ जिल्ला दक्षिणकाली नगर पालिका वडा नम्बर-५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणी राज बस्नेत बिगत सोह्र बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर लेखनमा सकृय छन ।भर्खरै उनको अर्को नयाँ गीत “मायाले बोलाको” म्युजिक भिडियो सहित सार्वजनिक भएकोछ ।

पाँच दर्जन भन्दा बढी गीत रेकर्ड गराई सकेका गीतकार बस्नेतको शब्दमा नेपालका धेरै चर्चित लोकप्रिय संगीतकार गायक ,गायिका हरुले स्वर भरीसकेका छन ।पहीलो एल्वम: “पीडा”२०६४ ,दोस्रो एल्वम “फाटेको मन”२०६७ तेस्रो एल्वम: “प्रवासी मन”२०७२ “मणी” को तयारीमा गीतहरु रेकर्डिङ भईरहेको बस्नेतले बताए ।

जब आफ्नो जन्मभुमी देश छोडेर धेरै बाध्यताहरुको पहाड नाघ्दै एउटा परदेशी सात समुन्द्रपारी पुग्छ ।उसले साथमा थुप्रै जिम्मेवारी हरु मात्र होईन आफ्नो परिवेश आफुले टेकेको माटोको टिका निधारमा लगाएर देश पनि साथमै बोकेर गएको ।सायद त्यसैले होला गीतकार मणी राज बस्नेतले पनि आफु जन्मेर हुर्केको गाउँ आफ्नो परिवेश भुल्न सकेन्न नौमुले धारोको पानी पिएको त्यही पानी कुलो काटेर खेत रोपेको सुशेली हाल्दै घाँस दाउरा गरेको । अमिट सम्झनाहरु यस गीतको शब्द-शब्दमा पोखेका छन ।

गीतकार मणी राज बस्नेतको यो मिठो शब्दमा स्वर बबिना किराँतीको साथै संगीत हाल अमेरीकाको कोलोराडोमा रहेका गौतम सागर राईको हो । यस गीतमा एरेन्ज राजु कार्की मिक्सिङ गोविन्द सोनी रेकडिस्ट सुबाश कुथुमी राई साथै एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको प्राविधिक ब्याबस्थापन प्रियजन राईले गरेका हुन । गीतको म्युजिक भिडियोमा अभिनय अन्जली अधिकरी, लोमश शर्माको र भिडियो निर्देशन याम गुरुङको रहेकोछ ।छायाङ्कन र भिडियो एडिटिङ बिपिन भाटको हो । यस गीतलाई मणिराज बस्नेतको अफिसियल युटुब च्यानल बाट सर्बजानिक गरिएकोछ ।

भिडियो लिंग यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया