काठमाण्डौ मंगसिर १४ । मङ्सिरको महिनामा बिबाहका लगनहरु बढी मात्रामा हुने गर्दछ । यसै सर्दभलाई केन्द्रित गर्दै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका क्रियासिल कलाकारहरुले पन्चेबाजा द्वारा सुसजित गीतहरु पनि बजारमा ल्याईरहेका हुन्छन् । सोहि क्रममा विभिन्न काँठे गीतहरु पस्किंदै आएका लोकप्रिय गायक दिपक ढकालले पनि भर्खरै मात्रै “बुहारी चाहिसक्यो” बोलको गीत लिएर आएका छन् ।

गीतको भावअनुसार आफ्नो घरपरिवारलाई बुहारीको खाँचो भएको र आफैलाई पनि एक्लो पनको महसुस भएको कथा बुझ्न सकिन्छ । प्रस्तुत गीतमा दिपक ढकाल, पार्वती कार्की र सरिता बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना बरिष्ट गायक तथा सर्जक रेशम थापाले तयार पारेका हुन् ।

गीतको म्युजिक भिडियोलाई मौलिक स्वादमा तयार पारिएको छ । भिडियोमा रमेश पुडासैनी, सुदिप यस्माली, मनिषा भण्डारी लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ । निकै आकर्षक ढंगले तयार पारिएको भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई लोक चौतारी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो  ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया