नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन । यसै मध्येका एक हुन् राजु कान , अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ गरिसकेका राजुको निर्देशन र अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक कमल खत्रीको शब्द संगीत र स्वर रहेको गीत ‘फील’मा राजु कान र नर्बदा थापाको अभिनय रहेको छ अष्ट्रेलियामै छायांकन गरिएको गीतको भिडियोमा सुदिप बिस्ट र कृष्ण सुबेदीको सिनेमाटोग्राफी , प्रविन श्रेष्ठ ”मोक्ष”को सम्पादन ,देव नेपाली र किरण थापामगरको कोरियोग्राफी रहेको छ ।

 

तपाईको प्रतिक्रिया