मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानि बाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता कीर्तिमानी काम गर्ने समय र रमाइलो यात्राको योग रहेको छ । जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साथीभाइ तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । शेयर बजारको लगानि बाट दीर्घकालीन फाईदा हुनेछ । मध्य सातामा केहि महत्त्वपूर्ण कार्यमा उलझन र व्यवधान भने आउन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्ता नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मानसिक चिन्ता समेत बढ्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको दिन रहनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । अचल सम्पत्ती हात पर्ने योग छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नयाँ काम वा रोजगार पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502)

तपाईको प्रतिक्रिया