चर्चित गायक किरण भुजेल र पबित्रा आचार्यको युगल स्वर रहेको गीत ‘पुर्व पश्चिम ‘ सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतको भिडियोमा कमल सिंह, रीतु पौडेल,अनामिका बाराकोटीको अभिनय रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभेश बज्राचार्यको क्यामेरा र माधव बेल्बासेको सम्पादन रहेको छ ।
तिलचन आचार्यको लगानीमा भिडियो निर्माण भएको हो । भिडियोका निर्माता तिलचन आचार्य लामो समय देखि अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर समाज सेवामा सक्रिय हुनुहुन्छ उहा पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया