काठमाण्डौ मंगसिर २६ – करिब आधा दर्जन गीतहरु आफ्नै प्रस्तुतिमा बजारमा ल्याइसकेका र दुई सय भन्दा बढी गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका लोकप्रिय तथा गायक तथा सर्जक माधब थापाले पुनः आफ्नो स्वरमा तारा थापा मगरको “कर्महारा मान्छे” बोलको गीत आज मात्रै सार्बजनिक भएको छ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा पनि आमुल परिवर्तन आउन पर्छ भन्ने मान्यता राख्ने उनले अहिले सुनाखरी मल्टीमिडिया नामको एक म्युजिक कम्पनि संचलान गरेर नव कलाकारहरुलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै आफ्नो भूमिका यस क्षेत्रमा समर्पित गरिरहेका छन् ।

प्रस्तुत गीतमा माधब थापा र तारा थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द पनि उनै कलाकार माधब थापाले तयार पारेका हुन् । सम्पूर्ण कलाकारहरुको न्याय र यस क्षेत्रको सम्बृद्धिका लागि पनि समर्पित भएको हुनाले पनि गायक तथा सर्जक माधब थापा क्षेत्र दुर्गन्धित बनाउनेहरु प्रति खरो स्वभावले प्रस्तुत हुने गर्दछन् । त्यसैले पनि उनले यस गीतलाई आफ्नो स्वभाव अनुसार तयार गरेको हुन पर्दछ ।

“कर्महारा मान्छे” बोलको गीतको म्युजिक भिडियोमा अर्जुन बि.क, रिचा थापा, पुण्य गौतम, अर्जुन सिलवाल, राजेन्द्र गिरी, लक्ष्मण चौलागाईं, पदम राई, बुद्ध मोक्तान र रुचाल पाल्पालीको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन राजु श्रेष्ठ, बिपिन चौलागाईं र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया