नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो । उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो ।

तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि स्वस्तिमाले महंगो पारिश्रमिक वुझेकी छिन् । अर्थात उनले फिल्ममा अभिनय गर्नका लागि १८ लाख लिएकी हुन् ।

निर्मात्री पाण्डेले भने स्वस्तिमाको भूमिका नै बेजोड खालको भएको भन्दै पारिश्रमिकको बिषयमा बहस गर्न आवश्यक नरहेको बताइन् । यो चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । नायिका खड्काले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र ‘जिन्दाबाद’मा पनि काम गर्ने तयारी गरेकी छिन् ।

तपाईको प्रतिक्रिया