काठमाण्डौ मंगसिर ३० । कुनै पनि गीत संगीत बजारमा ल्याउनु पूर्व पछिल्लो समय कलाकारहरुलाई निकै संघर्ष र त्याग गर्नुपर्ने हिजो आजको बाध्यता रहेको छ । कि न कि हिजो जस्तो आज छैन, आज हरेक श्रोता तथा दर्शकहरुले गीत संगीतको स्तरीयता मुल्यांकन गर्दै श्रवन गर्ने भैसकेका छन् । यसैलाई ध्यानमा राख्दै प्रदिप अधिकारी र रबिन लामिछानेले आफ्नो शब्द सृजनामा छिट्टै एक गीतलाई बजारमा ल्याउने भएका छन् । उक्त गीत “झुम्का किन्दिमकि” बोलको रहेको छ । छिट्टै बजारमा आउने गीतमा लय प्रदिप अधिकारीको नै रहेको छ भने स्वर समिक्षा अधिकारी, प्रकाश क्षेत्री र रन्जन थापा मगरको सुन्न सकिन्छ ।

“झुम्का किन्दिमकि” बोलको गीतको म्युजिक भिडियोमा पल शाह, जुना सुन्दास, अभिलिना खड्का, हेरुका लामा, मनोज बि.क, शुस्मा थापा र लक्ष्मी लिमिल्सिनको अभिनय देख्न सकिन्छ । निकै तामझामको साथमा तयार भएको यस गीतको म्युजिक भिडियो अहिले अशंख्य श्रोता तथा दर्शकहरुको प्रतिक्षाको बिषय बनेको छ । माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका छन् भने छायांकन नवराज उप्रेती समुह र सम्पादन मनोज कार्कीले गरेका छन् ।

 प्रदिप अधिकारीको यस अगीको प्रस्तुति मस्यौरीको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया