काठमाण्डौं। हेटौडालाई आफ्नो कर्मथलो बनाउदै कलाकारिता मार्फत आफ्नो छुट्टै परचिय बनाउन प्रयासरत बिनय गदालले आफ्नो पहिलो अभिनयमा रहेको ‘तिम्रै माया लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा रामचन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन ,पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

 

तपाईको प्रतिक्रिया