काठमान्डौ पौष ०२ । नेपाली लोक तथा दोहोरी गीत संगीतको सेरेफेरो भित्र पुर्बेली गीत संगीतको छुट्टै पहिचान रहेको छ । कसैलाई खानाको परिकारमा हरियो सागपात मन पर्छ त कसैलाई गुन्द्रुक भने जस्तै गीत संगीत सुन्ने र हेर्ने दर्शकहरुलाई पनि फरक स्वादको आवस्यक परिरहेको हुन्छ । यसैलाई ध्यानमा राखेर अहिले  लोक जुहारी “केपिलास डाँडा” बोलको गीत भर्खरै सार्बजनिक भएको छ ।

प्रस्तुत गीतमा कला राई र गुणराज तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय तथा शब्द सिर्जना सन्तोष दुमी तयार पारेका हुन् । “केपिलास डाँडा” बोलको गीत सुन्दा जो कोहीलाई पनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा पुगेको महसुर हुनेछ । अहिलेलाई यस गीत अडियोको रुपमा मात्रै सार्बजनिक गरिएता पनि निकट भबिस्यमा म्युजिक भिडियो पनि निर्माण गरिने यस गीतका प्रस्तुतकर्ता एवं सर्जक सन्तोष दुमी मार्फत जानकारी  प्राप्त भएको छ ।

अडियो सुन्नको लागि तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया