काठमान्डौ पुष ०२। पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा केहि फास्ट बिटको गीतको बजार रहेको छ । यद्यपी स्लो बिटको गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन नजित्ने भन्ने होइन । खानाको परिकारमा मान्छेलाई फरक-फरक स्वादको आवस्यक भए झैं गीत संगीत सुन्नमा पनि फरक स्वादको आशा हुने गर्दछ छ । यसैलाई ध्यानमा राखेर स्थायी घर गोर्खा र हाल रोजगारीको सिलसिलामा मलेसिया रहेका लोकप्रिय सर्जक ओम छिनालको शब्दले अशंख्य प्रबासी नेपालीहरुको घर छोडेर जानु पर्दाको बाध्यतात्मक मनोभाव बोलेको छ ।

उक्त गीत किशन छिडालको प्रस्तुतिमा “छुक छुक रेलैमा” बोलको रहेको छ । गीतमा सर्वप्रिय गायक तथा सर्जक मौसम गुरुङ्ग र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । किशन छिडालको लय द्वारा सुसजित गीतको म्युजिक भिडियोमा बिनोद भण्डारी र जुना तामाङ्गको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् बिनोद भण्डारीले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन प्रविन भट्टले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई बाल कलाकार यस्वस्वी देवकोटाको अभिनयले पनि थप आकर्षण प्रदान गरेको छ । गीतको अडियो तथा भिडियोको सर्वाधिकार सहित शिजन डिजिटल म्युजिक प्रालि संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया