नेपाली चलचित्रका थुप्रै सुपरहिट गीतहरुमा आफ्नो संगीतले स्रोता दर्शकको मन जितेका वरिष्ठ संगीतकार रंजित गजमेरले संगीतवद्द गरेको ‘म जुन बनिदिन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको स्वर रहेको छ। अमेरिकामा बसेर गीतसंगीतमा क्रियासिल गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ।
इन्ज़मम अली खान र जानकी थापा फिचर्ड भिडियोमा रोहिया महर्जनको कोरियोग्राफी रहेको छ। यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

तपाईको प्रतिक्रिया