शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा सागर न्यौपानेको संगीत रहेको गीत ‘ल ल भैगो’को भिडियो सार्वजनिक भएको छ । गीतकार बिमल ओझाको शब्दरचना रहेको गीतलाई गायक सजल न्यौपानेको अफिसियल च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा देवेन्द्र बब्लु र नायिका सुरबिना कार्कीको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले यो भिडियोमा पनि नयाँ र पृथकपात्र मार्फत गहिरो सन्देश दिन खोजेको बताए। ‘ल ल भैगो’ निशाल पौडेलको क्यामेरा ,बिकाश दाहालको सम्पादन रहेको छ ।

 

तपाईको प्रतिक्रिया