गायक प्रेमकुमार तामाङको मिठो शब्द अनि सुमधुर आवाजमा रहेको ‘सफा मनको सफा बोली’ गीतको भिडियो रिलिज भएको छ। गीतमा राजेन्द्र बजगाइको सगीत अनि सगीत संयोजन रहेको छ। गायक प्रेम अहिले अस्ट्रेलियामा रहदै आएका छ्न। उतै बसेर पनि नेपाली गीत सगीतमा आफ्नो पाइला सुरु गरेका छन। ‘सफा मनको सफा बोली’को भिडियोलाई अहिलेका चर्चित गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुरज खनालको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियोमा टिकटकबाट नाम कमाएका अनुराग ठकुरी र कल्पना न्यौपानेको अभिनय रहेको छ । स्मृति पन्डितले गेस्ट रोलमा अभिनया गरेकी छिन । भिम कोइराला निर्माताको रुपमा रहेको भिडियोलाइ म्युजिक नेपालबाट रिलिज गरिएको हो सुरुवातमै भिडियोले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

 

तपाईको प्रतिक्रिया