काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले सिंगल हुदैमा आफु नमरिने अभिव्यक्त्ति दिएकी छिन् । इन्टाग्राममा एक प्रशंशकले उनको बिहे कहिले भनेर सोधेको प्रश्नको उत्तर दिदै उक्त्त कुरा बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ ।

अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् । रियालटी शो ‘नेपाल आइडल’ र ‘कमेडी च्याम्पियन’ उनले उद्घोषण गर्दै आएकी छन् ।

फिल्म र म्यूजिक भिडियोमा पनि काम गर्दै आएकी उनी अभिनित फिल्म ‘मिस्टर नेपाली’ केही पहिले रिलिज भएको थियो । तर उनले अभिनय भन्दा बढी चर्चा रियालटीशोबाट पाउने गरेकी छन् ।

तपाईको प्रतिक्रिया