चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् ।

निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भएकी छिन् । उनले, चलचित्रबाट राम्रो पारिश्रमिक पाएको बताएकी छिन् ।

एलिजाले भनिन्–‘चलचित्रको कथावस्तु रोमान्टिक वा प्रेमकथामा छैन । यसले, समाजको कथालाई बोल्छ । यसैले पनि फरक भूमिका निर्वाहा गर्ने आशाका साथ मैले चलचित्र साइन गरेकी हुँ ।’

एलिजाले चलचित्रमा आफ्नो भूमिका चुनौतीपूर्ण भएपनि निर्वाहा गर्न सक्छु भन्ने लागेपछि साइन गरेको बताएकी छिन् ।

दीपकले यो चलचित्रका लागि केही हप्ता अगाडि नायक विपिन कार्कीसँग पनि कुराकानी गरेका थिए । तर, नायक भने कोही पनि फाइनल भएका छैनन् ।

तपाईको प्रतिक्रिया