चर्चित पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड पाएकी छिन्। गौतम पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन्।

अवार्ड हातमा लिँदै गौतमले भनेकी छिन्, ‘यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु। अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ। यहाँहरुबाट यसरी नै माया पाइरहुँ।’

लकडाउन केही खुकुलो भएको समयमा मात्र उनले ४ वटा म्युजिक भिडियो गरेकी थिईन्। जसमा अहिलेका चर्चित मोडल दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनको जोडी रहेको थियो फिल्म ‘अनुराग’ अभिनयमा खासै चर्चा पाउन नसकेकी उनले म्युजिक भिडियो अभिनयमा भने राम्रो चर्चा पाइरहेकी छन्।

सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

तपाईको प्रतिक्रिया