नवगायिका कविता नाछिरिङ राईको स्वरमा रहेको ‘सुरुवात’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द सरिता लिङ्देनको रहेको छ भने बादल लिम्बुले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आरोशी थापा र दिपेश मगर फिचर्ड छन्। साईप्रस राज्यका मनोरम दृश्यहरु समेटिएको म्युजिक भिडियोलाई आना होन्छेनले छायांकनले गरेकी हुन्। भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन। सरिता लिङ्देन र नरेश लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। एएसए ग्रुप नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। मनोरन्जनात्मक तथा उत्प्रेरणात्मक प्रस्तुतीहरु प्रवाह गर्ने उद्धेश्यले एएसए ग्रुप प्रडक्शनको स्थापना गरिएको हो । जसको सदस्यहरुमा आना होन्छेन, सरिता लिङ्देन र आरोशी थापा रहेका छन । समाजका अन्य ब्यक्तित्वहरुको कला, प्रतिभा, सिर्जना र बिचारहरुलाई पनि महत्व दिदै आफुसंग भएका क्षमता र कलामार्फत विभिन्न प्रस्तुतीहरु यस युट्युव च्यानल मार्फत पस्किदै जाने प्रडक्शनले बताएको छ।

 

तपाईको प्रतिक्रिया