एजेन्सी । सोशल मिडियामा ५ हजार ८०० करोड रुपैया मुल्यको पटौदी प्यालेसका धेरै तस्वीरहरू भाइरल छन्। बलिउड अभिनेता सैफ अलि खानको त्यो महल देख्दा सबै छक्क पर्छन्। यस्तो अवस्थामा उनका फ्यानहरुले प्रश्न गरेका छन् की सैफ, करीना र उनका छोरा तैमूरलाई यो दरबारमा बसाई सार्नेछन् ?

बलिउडका नवाब सैफ अली खान आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। अभिनेताको आफ्नै नवाबी शैली छ जसमा सबै प्रशंसकहरू फिदा हुन्छन् । भर्खरै, सैफले आफ्नो परिवारको साथ पटौदी दरबारमा केही समय बिताए। उहाँ त्यहाँ केही दिन बसे र धेरै रमाईलो गरे। त्यहाँ गुणस्तरीय समय बिताइसकेपछि सैफ, करीना र तैमूर मुम्बईमा फर्केका छन्।

तर सोशल मिडियामा ५ हजार ८०० करोड रुपैया परेको पटौदी प्यालेसका धेरै फोटोहरू भाइरल छन्। त्यो महल देख्दा सबै छक्क पर्छन्। सैफलाई यहि प्रश्न एक न्यूज पोर्टलले सोधेका थिए र अभिनेताले पनि चाखलाग्दो जवाफ दिएका छन्। सैफ अली खानका अनुसार यो पनि एक उत्तम बिचार हो ।

सो महलमा उनीहरुको जिवनशैली निकै रोमाञ्चक हुनेछ । तिनीहरू पौडी खेल्न, खाना पकाउन, पुस्तकहरू पढ्न, परिवारको नजिक रहन पाउनेछन् । यस्तो अवस्थामा जीवन उत्तम हुन्छ। उनले अझै सो दरवारको नजिकै राम्रो स्कूलहरूको आवश्यकता रहेको बताएका छन् ।

यो महल आफ्नो बनाउन सैफलाई धेरै मेहनत गर्नु परेको थियो । उनले हालै ८०० करोड मुल्य चुकाएर मात्र आफ्नो बनाएका छन् । आफ्नै महल भएपनि केही कागजात नमिलेका कारण उनले समस्या भोगेका थिए ।

१० एकडमा फैलिएको यस दरबारको १५० कोठा छ। यस बाहेक, त्यहाँ सात बेडरूम, ड्रेसिंग कोठा र बिलियर्ड कोठा छन्। सोशल मीडियामा यस विलासी महलका धेरै चित्रहरू छन्। करीनाले त्यो दरबारको तैमूरका केहि तस्वीर पनि सार्वजनिक गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया