नेपाली सांगीतिक छेत्रमा निकै सक्रिय रुपमा लागिरहनु भएका गायिका डा. रानी शाक्यले आफ्नो सांगीतिक एल्वम ‘ऐना’ (Aena) आफनै युट्युब च्यानल मार्फत लोकार्पण गर्नु भएको छ । एल्वममा अरूण तिवारीको एकल शव्द रचनामा दशवटा अति सुमुधर र जीवन्त एकल र युगलगीतहरू समावेश गरीएका छन । जीवनभन्दा पर खासमा केही छैन अनि ऐनाभन्दा नजिक पनि कोही छैन । जीवन यौटा अनुभव हो र ऐना यथार्थ । यही अनुभव र यथार्थबीचको चक्रलाई देखाउने प्रयास गरिएको छ सांगीतिक एल्वम ‘ऐना’मा । गायिका डा. रानी शाक्यको यो एल्वम गायिकाको सांगितिक यात्रामा एक गहनतम फड्को हो । विशेषत : यो एल्बम जीवनका गीतहरुले भरिएको छ ।जहाँ हाँसो, रोदन, बिछोड, संयोग तथा दर्शनका छनक देखिन सक्छ । गायिका रानी शाक्यले आफ्नो कोणबाट गीतमा ज्यान दिएकी छिन् । एल्वममा वरिष्ठ संगितकारहरू मधु क्षेत्री, जीवित जल्मी, विक्रम थापा, दिपक शर्मा, नकुल कार्की र दिपक राज गौतमले संगीतबद्ध गर्नु भएको छ ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५० वटा भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पार्श्र्व गायनमा समेत आफूलाई अब्बल सावित बनाइसकेकी छिन ।
यसअघि यसै एल्वमको ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी गायिका शाक्य यही पुस १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड पाएकी छिन् ।

 

तपाईको प्रतिक्रिया