सुनसरी , माघ १ ।

सुनसरीका कृषहरुले मकै , पुष्प , सुपाडी , मरिच, अदुवा, धान र तरकारी खेती अनि पशुपंक्षी र माछा पालन व्यावसाय फस्टाउने भएकोले जिल्लाको भौगोलिक वतावरण अनुसार कृषी क्षेत्रमा लगानी गरेको कारणले मनग्य आम्दानी गरेका छन ।
कृषी कर्मबाट मनग्य मात्रामा आम्दानी गरेको उनीहरुल्ै बताएका छन । नगदेवालीको रुपमा रहेको टमाटर , काउली लगायतका तरकारीको उत्पादनबाट मनग्य मात्रामा स्वदेशमा नै आम्दानी गर्न सकिने धमेन्द्र विश्वासले बताए ।

परम्परागत दृष्टिकोण भन्दा पनि कृषि व्यवसायको सोचलाई परिवर्तन गरी अन्र्तराष्ट्रिय बजारको माग अनुसार लगानी बढाउनुपर्ने आवश्यकता रहेको उनीहरुले बताएका छन । आधुनिक उपकरणको माध्यमबाट सजिलै निम्न आय भएका ब्याक्तिले पनी मनग्य आम्दानी गर्न सकिने बताएका छन ।

भारत लगायत केही देशहरुमा कृषीमा लगानी बढाएकै कारण ठुलो फड्को मारी सकेकोले त्यसको सिको नेपालले पनि गर्नुपर्ने धमेन्द्रले बताए ।

तपाईको प्रतिक्रिया